हिपमत डटकम

शुक्रबार, साउन ०१, २०७८ || 761  पटक पढिएको

अमेरिकामा एक महिलाले आइफोनको क्यामरा फ्ल्यास प्रयोग गरेर क्यान्सर पत्ता लगाएकी छिन्।

सात वर्ष अगा८ड जर्जियाकी ४१ वर्षिया जोसी रकले आफ्नो छोरा एसरको फोटो खिच्दा उनलाई आँखाको क्यान्सर रहेको थाहा पाएकी हुन्। त्यो बेला एसर तीन महिने शिशु थिए।

जोसीले फोटो खिच्न लाग्दा झुक्किएर क्यामराको फ्ल्यास अन भएको थियो। पछि सो फोटो हेर्दा एसरको दाहिने आँखामा सेतो चमक देखिएको थियो। आँखाको त्यो चमक क्यान्सरको दुर्लभ प्रकार ‘रेटिनोब्लास्टो’मा भएको थाहा पाएर जोसीले तुरुन्तै छोरालाई अस्पताल लगेको एप्पल इन्साइडरले जनाएको छ।

‘रेटिनोब्लास्टो’ एक प्रकारको आँखाको क्यान्सर हो जुन आँखाको पछाडीबाट सुरु हुन्छ। यस्तो क्यान्सर प्राय बालबालिकामा देखिन्छ र यसलाई फोटो फ्ल्यासबाट पहिचान गर्न सकिन्छ।

‘म यत्तिकै छोरा एसरको फोटो खिचिरहेको थिए र त्यहीबेला कोठाको प्रकाश परिवर्तन भयो जसले गर्दा क्यामरामा फ्ल्यास अन भयो,’ जोसी रकले भनेकी थिइन्, ‘पछि फोटो हेर्दा एसरलाई आँखाको क्यान्सर भएको मलाई थाहा भइहाल्यो।’

उनले ती फोटोहरु आफ्ना नर्स साथीहरुलाई देखाइन् तर उनीहरुले त्यो केबल फ्ल्यासको छाया हुन सक्ने अनुमान लगाए। त्यसैले निश्चित गर्न उनले छोरालाई बाल चिकित्सकलाई देखाउन लगिन्।

‘डाक्टरले जाँच गरेपछि एसरलाई ग्रेड–डी ‘रेटिनोब्लास्टो’ भएको पक्का भयो,’ जोसीले भनिन्, ‘बेलैमा क्यान्सर पत्ता लगाएको हुनाले एसरको उपचार अगाडि बढाउन सक्यौं।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!