दुई सातादेखि जारी प्रदर्शन नियन्त्रण गर्नका लागि दक्षिण अफ्रिकाले सेना परिचालन गरेको छ । झन्डै २० हजार सेनाको टुकडीलाई प्रहरीको सहयोगमा पठाइएको हो । यहाँ हिंसात्मक प्रदर्शनबाट मृत्यु हुनेको सङ्ख्या १ सय १७ पुगिसकेको छ । पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल परेसँगै उनका समर्थकहरूले हिंसा र लुट मच्चाएका हुन् ।

दक्षिण अफ्रिकामा अल्पसङ्ख्यक श्वेतको शासन समाप्त भएको वर्ष १९९४ पछि एकै पटक यति ठुलो सङ्ख्यामा सैनिक परिचालन गरिएको यो पहिलो पटक हो । हतियारसहितका अत्याधुनिक गाडीमा बिहीबार सैनिकहरू गउटेङ प्रान्तमा डुलेका थिए । राजधानी जोहानेसवर्ग र प्रिटोरिया शहर पनि यही प्राप्तमा पर्छ । पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल परेपछि शुक्रबार प्रदर्शन सुरु भएको भए पनि गरिबी र असमानताले यो प्रदर्शन चर्काउन ठुलो भूमिका खेलेको छ । साभार : रातोपाटी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!