ईटहरीमा भर्खरै सुरुवात भएको एल एड सी मोडल एजेन्सीले आयोजना गरेको ‘सुनसरी लिटल प्रिन्स एण्ड एन्जल-२०७६’ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । पुष २६ गते सनिबारका दिन ईटहरिको हलगडास्थित बगान रेस्टुरेण्टमा पहिलो अडिसन गरिएको उक्त इभेन्टको दोस्रो अडिसन भने माघ ४ गते सनिबारका दिन धरानमा सम्पन्न भएको हो । अडिसनमा धरान र आसपासका विभिन्न क्षेत्रबाट आफ्ना साना नानीहरुलाई लिएर अभिभाबकहरु उपस्थित भएका थिए भने सम्पन्न ट्यालेन्ट राउण्ड पनि माघ २५ गते सनिबार का दिन धरानस्थित होटल गजुर प्यालेसमा गरिएको थियो । उक्त ट्यालेन्ट राउण्डमा बालबालिकाका आफ्ना अभिभाबक समेत आफ्ना छोराछोरीको ट्यालेन्ट हेर्नका लागि उपस्थित भएका थिए भने अन्य बिशिस्ट व्यक्तित्व र उक्त इभेन्टलाइ सहयोग गर्ने ब्याक्तित्यहरु पनि उपस्थित भइ आफ्ना अमुल्य भनाइ पनि राखेका थिए । अडिसन बाट छनोट भएका बालबालिकाहरुले आ आफुले जानेका विभिन्न ट्यालेन्ट जस्तै : कसैले गित गाए ,कसैले डान्स गरे भने कसैले याक्टिङ्ग आदि देखाएका थिए ।

ट्यालेन्ट राउण्डका लागि निर्णायकको रुपमा मिस मंगोल २०१५ फर्स्ट रनर अप शरुपा थापा मगर, एक्टर/मोडल एंड डाइरेक्टर दिनेश कोइराला, राष्ट्रिय गायक डिल्ली फोम्बो, मिस स्टेट १, २०१९ सिजन २ कि फर्स्ट रनर अप ज्योति झा, सटिफ़ाइड डान्स डाइरेक्टर रीमा थापा मगर र सर्टिफाइड मेक अप एंड हेयर स्टाइलिस्ट प्रष्ना बस्नेत अधिकारि रहेका थिए । सो अडिसनमा आफुले ईटहरि अडिसनमा जस्तै सोचे अनुरुपको सहभागिता देखिएको आयोजक कम्पनीका दिपक गिरीले जानकारी गराए । यो भन्दा पहिले एजेन्सीले ईटहरिमा फेसन सो तथा ब्राईडल र्याम्प शो सफल आयोजना गरिसकेको छ ।

सुनसरी लिटल एण्ड एन्जल गर्नुको मुख्य उदेश्य बालबालिकाहरुमा लुकेर रहेको विभिन्न क्षमता, जुन सबैका सामु प्रस्तुत गर्न सक्दैनन । त्यसैले उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको गिरीले बताए । कार्यक्रमलाई ब्यबस्थापन दिपक गिरीले गरेका छन भने फेशनको दुनियामा दशक लामो यात्रा पार गरिसकेका अनुभवी व्यक्तित्व निश्चल पालिखे कार्यक्रम संयोजकको रुपमा रहेका छन् । त्यसैगरी अफिसियल मेकअप आर्टिस्ट एस्तर श्रेष्ठ, इभेन्ट होस्टकारुपमा सरुपा थापा मगर, अफिसियल कोरियोग्राफर संगीता चौधरी रहेकी छन् ।

डिथ्री फोटोग्राफी र डिथ्री अनलाईन अफिसियल मिडिया तथा फोटोग्राफी पार्टनर हो भने ईभेण्टको मिडिया संयोजक सुवास संकल्प रहेका छन् । पब्लिक रिलेशन अफिसरको रुपमा जेरी शर्मा रहेका छन् भने ईभेण्ट सपोर्टरको रुपमा सुस्मिता श्रेष्ठ र निष्मा क्षेत्री रहेका छन् । बिजेता ब्वाईज-गर्ललाई २५ / २५ हजार नगद, ट्रफी, सर्टिफिकेट र अन्य उपहार, फर्स्ट रनरअप ब्वाईज-गर्ललाई १५ / १५ हजार नगद र अन्य उपहार संगै सेकेण्ड रनरअप ब्वाईज-गर्ललाई १० / १० हजार नगद र अन्य उपहारको व्यवस्था गरिएको छ । उमेरको हकमा भने ६ देखि १३ सम्मका बालबालिकाहरुका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!