जलेश्वर । भिठ्ठामोड जनकपुरधाम सडक खण्डमा दिनहुँ जसो सवारी दुर्घटना हुन थालेको छ । सडक निर्माणको क्रममा भएको खाल्डोमा कुनै प्रकारको खतरा जन्य संकेत नराखिएकोले सो दुर्घटना हुन लागेको हो ।

बुधबार राति प्रकौली ब्यारेक नजिकै निर्माणाधिन रहेको पुलको खाल्डोमा मोटरसाईकल खस्दा दुई जना घाइते भएका हुन । निर्माण कम्पनीको चरम लापरवाही र सरोकारबालाहरुको मौनताले निरन्तर सो दुर्घटना भई रहेको छ ।

यस अघि सोमबार राति धनुषाको सिरसिया निवासी रामनिवास यादव सोही खाल्डोमा खसेर घाइते भएका थिए । सोमबार राति करिब ८ बजे राम निवासको दुर्घटना भएको उनका कुटुम्ब प्रकौली निवासी देवनारायण यादवले बताए ।

जलेश्वर जनकपुर सडक खण्डको निर्माण सुपर एलाईट जेभी काठमाण्डौले गरि रहेको छ । निर्माण कम्पनीको चरम लापरवाहीले गर्दा अधिकांश पुल र डाईभर्सन अस्त व्यस्त अवस्थामा देखिएको छ । डाईभर्सन निर्माण गर्दा एक तिर सोझो बाटो बनाउनु पर्ने प्रावधान भएपनि सुरक्षाको कुनै पनि उपाय नै अवलम्ब नगरिनु दुर्भाग्यपुर्ण रहेको बस चालक फेकन मण्डलले गुनासो गरे ।

प्रकौली चौकका स्थानीयहरुका अनुसार प्रत्येक दिन कम्तिमा दुई वटा मोटरसाईकल खाल्डोमा खसेर दुर्घटना हुने गरेको छ । सडक निर्माणको आधारभूत मान्यताले रातिको समयमा समेत चम्किने खाले सूचना बोर्ड राख्नु पर्ने वा सो क्षेत्रलाई अस्थायी तर ठोस घेरा हाल्नु पर्ने अनिवार्यता भएपनि निमार्ण कम्पनीको लापरवाहीले सडक यात्रा गर्नेहरु सास्ती भोग्न बध्य भएका छन् ।

भिठ्ठामोड जनकपुर सडक खण्डमा दिनहुँ जसो दुर्घटना हुँदा पनि निमार्ण कम्पनी र ठेकेदारको लापरवाही छर्लङ देखिएको छ । त्यस्तै यस विषयमा स्थानीय सरकार तथा सडक विभाग लगायतका सरोकारबालाहरुको मौनता पनि मावीय संवेदना विपरित रहेको देखिन्छ ।

यता सडकमा काम गर्ने प्राविधिक ईन्जिनियरहरुका अनुसार भिठ्ठामोड जनकपुरधाम सडक खण्डमा डाईभर्सन निर्माण नगरिएकोले सवारी चालकहरु दुर्घटनाको शिकार भई रहेको छ । पुल निर्माण गरिने ठाउँमा अनिवार्य रुपमा कामचलाउ सडक अर्थात डाईभर्सन निर्माण गर्नु पर्ने भएपनि सो नहुँदा यस्तो दुर्घटना भई रहेको छ । यस विषयमा सडकका मुख्य ठेकेदारलाई सम्पर्क गर्न खोज्दा उनीहरु लामो समयदेखि सम्पर्क विहिन रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!