हिपमत डटकम

बिहिबार, आषाढ ३१, २०७८ || 447  पटक पढिएको

इङ्ग्ल्याण्डको भ्रमणमा रहेका भारतीय क्रिकेट टोलीका सदस्यहरूमा कोरोना संक्रमणको खतरा देखिएको छ । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तसहित २ खेलाडीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये एकको रिपोर्ट नेगेटिभ आइसकेको छ भने पन्त अझै पनि आइसोलेसनमा रहेका छन् । उनको १८ जुलाई पुनः परीक्षण गरिनेछ । उनलाई कुनै लक्षण भने नरहेको बताइएको छ ।

बीसीसीआईका एक अधिकारीका अनुसार पन्तलाई गत १० जुलाईमा संक्रमण पुष्टि भएको थियो । पन्त ८ जुलाईमा यूरोकपको सेमिफाइनल हेर्न स्टेडियम पुगेका थिए । उनको साथमा हनुमा विहारी र जसप्रीत बुमराह पनि साथमा थिए । पन्तको रिपोर्ट पोजेटिभ आए पनि भारतीय क्रिकेट टोलीको व्यवस्थापनले कडा कदम नउठाएको भन्दै आलोचना भइरहेको छ ।

पन्तलाई संक्रमण पुष्टि भइसकेपछि पनि प्रशिक्षक रवि शास्त्री ११ जुलाईमा विम्बेल्डनको फाइनल हेर्न पुगेका थिए । बाँकी खेलाडी पनि आफ्नो परिवारसँग सुरक्षा मापदण्डलाई बेवास्ता गर्दै घुमिरहेका थिए । भारतीय क्रिकेट टोलीका सबै खेलाडीले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाइसकेका छन् । उनीहरुले दोस्रो डोज इङ्ग्ल्याण्डमा नै लगाउने भनिएको छ ।

भारत मात्र होइन इङ्ग्ल्याण्डमा पनि ३ खेलाडी संक्रमित भइसकेका छन् । पाकिस्तानविरुद्धको एकदिवसीय खेलको ठीक दुई दिनअघि इङ्ग्ल्याण्डका ३ खेलाडसहित ७ जनामा कोरोना पुष्टि भएको थियो । त्यसपछि सबैलाई आइसोलेट गरेर पहिलो खेलमा पूरै नयाँ सेट खेलाडी मैदानमा उतारिएको थियो ।

यता, भारतीय क्रिकेट टोलीले २० जुलाईदेखि अभ्यास खेल सुरु गर्नेछ भने ४ अगस्तबाट इङ्ग्ल्याण्डविरुद्ध पाँच खेलको टेस्ट शृङ्खला खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!