अमरेश कुमार पाण्डे

बिहिबार, आषाढ ३१, २०७८ || 1317  पटक पढिएको

पदमोदय राष्ट्रिय दैनिकको विमोचन माननीय न्यायधिस द्धारा गरिएको छ । करण होटलमा बुधवार एक कार्यक्रमको आयोजना गरि जिल्ला अदालत एक नम्वर ईजलासका न्याधिस खिलाराज रेग्मीले गरेका हुन ।

पत्रिकाको विमोचन गर्दै रेग्मीले अवाज विहिनको अवाज बन्नुपर्ने सुझाएका थिए । सत्यतथ्य छानविन गरि समाचार सम्पेशन गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासँघका केन्द्रिय सदस्य सुभाष साहले खोजमुलक पत्रकारीता आजको आवश्यकता भएको बताए । प्रविधिको विकाससँगै सुचनाको सम्प्रेशन गर्नुपर्ने बताए ।

विमोचन कार्यक्रममा नेपाल पत्रकार महासँघमा निर्वाचित केन्द्रिय सदस्य साहलाई न्याधिस रेग्मीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
नागरिक समाजका अध्यक्ष उमेश लाल दासले सञ्चारगृह सञ्चालन गर्नु ठुलो कुरो होईन कि यसलाई सत्यतथ्यको साथ निरन्तरता दिनुपर्ने सुझाएका थिए ।

कार्यक्रममा पत्रिकाको प्रकाशक अजय कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि न्यायधिस खिलराज रेग्मी, विशिष्ट अतिथि नेपाल पत्रकार महासँघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, नागरिक समाजका अध्यक्ष उमेशलाल दास, ईजलास अधिकृत रमेश यादव, वरिष्ठ पत्रकार सत्यपक्राश श्रेष्ठ, रमेश सुवेदी लगायत सञ्चारकर्मी संजिव मिश्र, रमेश साह, राजेश कुशवाहा, कृष्ण सिग्देल, श्रवन साह,सागर विश्वकर्मा, प्रभु यादव, सतोष यादव रमानन्द यादप लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!