पोखरा ९ बसपार्क नजिकै सेतीनदी खोँचमा खसेका युवकको प्रहरी र शसस्त्र प्रहरीले उद्धार गरेको छ । सोमबार बिहान सेती खोचमा भुपु ग्यारेजमा काम गर्दै आएका म्याग्दीका ३० बर्षिय आकाश गुरुङ खसेका थिए ।

सेती नदिमा कुकुर कराएको सुनेपछि कुकुरको उद्धारका लागि गएका उनि खोचमा खसेका थिए । उनी खसेको थाहापाए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

डोरीको सायताले नेपाल प्रहरी र शसस्त्र प्रहरीको उद्धार टोलीले उद्धार गरेका करिब २ घण्टा लगाएर पहिले गुरुङ र त्यसपछि कुकुरको पनि उद्धार गरेको छ ।

उनी कुकुरलाई धेरै नै माया गर्ने गरेको स्थानीयले बताए । एक दुई दिन पहिले कुकुर सेतीमा खसेको हुन सक्ने बताए ।

गुरुङ सेतीनदी भन्दा केही माथी खोचमा अड्कीएको अवस्थामा आफुहरुले उद्धार गरेको नेपाल प्रहरीको उद्धार टोलीका संयोजक श्याम श्रीवास्तवले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!