हिपमत डटकम

मंगलबार, आषाढ २९, २०७८ || 684  पटक पढिएको

हालै सुनील शेट्टी र उनको परिवार बसिरहेको भवनलाई मुम्बइको महानगरपालिकाले सील गरेको भन्ने खबरमा अभिनेताले प्रतिक्रिया दिएका छन् । उक्त भवनमा डेल्टा भेरियन्ट भेटिएको भन्ने खबरलाई सुनिल शेट्टीले गलत बताएका छन् । सुनिलले यसबारे एक ट्वीट गर्दै उनी बसेको भवनमा कुनै डेल्टा भेरियन्ट नभेटिएको बताए ।

सुनिल शेट्टीले आफ्नो ट्वीटमा लेखेका छन्, ‘वाह, भन्नै पर्छ कि गलत समाचार कुनै पनि भाइरसभन्दा बढी तीब्र गतिमा फैलन्छ । कृपया, अफवाह नफैलाउनुहोस् । मेरो बिल्डिङ सोसाइटीमा कुनै डेल्टा भेरियन्ट छैन । एउटा मात्रै कोभिड प्लस केस भेटिएको छ र बिरामी ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएका छन् । अन्यको रिपोर्ट नेगेटिभ छ र सेल्फ आइसोलेशनमा छन् । ’

अर्को एउटा ट्वीटमा सुनिल शेट्टी लेख्छन्, ‘मेरो भवन सुरक्षित छ र परिवार पनि पूर्ण रुपमा ठिक हुनुहुन्छ । एउटा विंगलाई नोटिस दिइएको छ तर पूरा बिल्डिङ सील गरिएको भने होइन । गलत रिपोर्ट दिइएको हो । मेरी आमा, श्रीमती माना, छोरा अहान, छोरी आथिया र मेरा कर्मचारीका साथै पूरा बिल्डिङ ठिक छ र तपाईंहरुको शुभकामनाका लागि धन्यवाद । माफ गर्नुहोस् साथीहरु, कुनै डेल्टा भेरियन्ट छैन । ’

स्मरण रहोस्, हालै मुम्बई महानगरपालिकाका सहायक आयुक्त प्रशान्त गायकवाडले सुनिल शेट्टीको बिल्डिङ सील गरिएको बताएका थिए । उनका अनुसार दक्षिण मुम्बईको अल्टामाउन्ट रोडस्थित पृथ्वी अपार्टमेन्टलाई सील गरिएको छ । साथै उनले अभिनेताको पूरा परिवार सुरक्षित भएको पनि स्पष्ट जानकारी दिए । सुनिल शेट्टीको घर साउथ मुम्बईको अल्टामाउन्ट रोडस्थित पृथ्वी अपार्टमेन्टमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!