
एजेन्सी । दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शनहरु बढेपछि नियन्त्रयणका लागि सेना परिचालन गरिएको छ । त्यहाँका राष्ट्रपति सिरिल रामापोसाले आम नागरिकलाई हिंसाविरुद्ध उभिन आह्वान गरेका छन् भने सुरक्षा खतरा रहेका स्थान सुरक्षार्कीहरु नै खटाइएको छ ।

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमा भ्रष्टाचारको अभियोगमा जेल परेसँगै त्यहाँ हिंसा भड्किएको हो । गत हप्ता जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । त्यसयता उनका समर्थकहरूले मच्चाएकाे हिंसामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने झन्डै ५०० जना पक्राउ परेका छन् ।
यस क्रममा पसलहरू लुटिएका छन्, भवनहरूमा आगजनी गरिएकाे छ । स्थिति नियन्त्रणमा लिन खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरिएको बिबिसीले जनाएकाे छ ।
पूर्व राष्ट्रपति जुमा भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएकाे भन्दै उनलाई अदालतको अपहेलनामा दोषी ठहर गरिएकाे थियो । भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाइ १५ महिनाको जेल सजाय सुनाइएको थियो ।
वर्तमान राष्ट्रपति रामापोसाले एउटा टेलिभिजन सम्बोधनमार्फत दक्षिण अफ्रिकामा सन् १९९०को दशकयता सबैभन्दा अप्रिय हिंसाका रूपमा पछिल्लो घटनालाई लिएका छन् र यसकाे प्रतिवाद गर्न जनतालाइ अाह्वान गरेका छन् ।