सोमबार, माघ २७, २०७६ || 1291  पटक पढिएको

‘क्यूट बेबी’ ले चिनिने कशिस दाहालको नयाँ मुजिक भिडियो बजारमा आएको छ । ‘आउन मन लाग्छ’ नाम दिएको कमेडी मुजिक भिडियोमा कशिस लगायत आधा दर्जन कलाकारले अभिनय गरेको छ । मुजिक भिडियोमा नायकले नायिकालाई घुमाउँन काठमाण्डौंको अफर गर्दा मोटरसाईकल नै स्टाट नभएपछि विच्किएर नायिका भाग्न खोज्छन् । हाँसो ठठा गर्दै फकाउँने गरेको दृश्य आकर्षक छ । ‘क्यूट बेबी’ को अभिनित ‘आउन मन लाग्छ’ कमेडी भिडियोले युट्वमा यत्तिबेला भाइरल भएको छ । हुनतः ‘क्यूट बेबी’ अभिनित नेपाली चलचित्र ‘क्वीन’ फागुन ३ गते विराटनगरको हिमाल हँलमा प्रदर्शन गरिने भएको छ । ‘क्यूट बेबी’ कै अर्का चलचित्र ‘मिशन मधेश’ रिलिजको तयारीमा छ । उनी आधा दर्जनबढी चलचित्रमा मुख्य नायिका भएर काम गरेकी छीन् भने चार दर्जन मुजिक भिडियोमा आफ्नो कला प्रदर्शन गरेकी छीन् । ‘क्यूट बेबी’ कशिसले ‘चलचित्र र मुजिक भिडियोको लागि अफर आउँने क्रम तिब्र छ ।’ ‘तर, ‘सामाजिक तथा समाज परिवर्तनको लागि यो क्षेत्रमा लागेको छु ।’ ‘राष्ट्र र राष्ट्रियता आधारित चलचित्रमा काम गर्न रुचाउँछु ।’ यसो त सहिद दिवसकै दिन जन्मोत्सव मनाउँदै आएकी कशिसले भव्यताका साथ घरपरिवार र शुभचिन्तकबीच बर्थडे माघ १६ गते मनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!