वरिष्ठ गायक दीप श्रेष्ठ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सीजन–३’ को सेटमा फर्किएका छन् । लामो समय अस्पताल बसेर कोरोना जितेका श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’ को मुख्य कोचको रुपमा रहेका छन् ।

‘द भ्वाइस अफ नेपाल’का निर्माता तथा उद्घोषक सुशिल नेपालले गायक श्रेष्ठ शोमा फर्किएको जानकारी दिए । शुक्रवारको शो मार्फत श्रेष्ठ शोमा फर्किएका हुन् । श्रेष्ठ कार्यक्रममा उपस्थित हुन नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’ का रूपमा गायक राजेशपायल राई भित्रिएका थिए ।

यसैबीच, शुक्रवारदेखि नै ‘द भ्वाइस अफ नेपाल’ लाइभ राउण्डमा प्रवेश गरेको छ । जस अन्तर्गत उत्कृष्ट १२ जना प्रतिस्पर्धीले पालैपालो आफ्नो प्रस्तुति दिन थालेका छन् । कोरोनाको उच्च जोखिम भएकाले स्वास्थ्य मापदण्ड पूरा गरि लाइभ राउण्डका एपिसोडहरू दर्शक बिना नै छायाँंकन गरिएको कार्यक्रमको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!