हिपमत डटकम

शुक्रबार, आषाढ २५, २०७८ || 721  पटक पढिएको

एजेन्सी । बंगलादेशमा अनौंठो सानो गाई फेला परेपछि हेर्न आउनेहरुको भिड लागेको छ । बंगलादेशको चरिग्रामस्थित एक फार्ममा भेटिएको उक्त गाई २१ सेन्टिमिटरको रहेको बताइएको छ । त्यस्तैगरी उक्त गाईको तौल २८ केजी रहेको छ ।

२३ वर्षपुगेको गाईको त्यतिको उचाई र तौलले मानिसहरु आश्चार्य चकित परेका छन् । रानी नाम दिइएको उक्त गाई हेर्न दैनिकजसो भीड लाग्ने गरेको गाई फार्म संचालन गर्दै आएका हसन हाउलाडरको भनाइ छ । उनी गाई फार्मका व्यवस्थापक रहेका छन् । उनले आफूले उक्त गाई संसारकै सबैभन्दा सानो गाई भनेर गिनिज बुक अफ वल्ड रेकर्डका लागि निवेदन समेत दिएको बताएका छन् ।

अहिले रानी नामको उक्त गाई हेर्न १५ सय मानिस फार्ममा पुगिसकेका छन् । त्यहाँ पुग्ने गरेका हरेक मानिसहरुले यतिको सानो गाई कहिल्यौ नदेखेको भन्दै आश्चार्य मान्ने गरेका बताइएको छ । अन्य गाईहरुको बथानबाट अन्य ठाउँमै राखेर रानीको स्याहास गर्दै आएको व्यवस्थापक हसनले बताएका छन् । रानी नामक उक्त गाईको चाहना पनि अन्य गाईको तुलनामा केही फरक पाइएको उनी बताउछन् ।

बाहिर हिड्न डुल्न मनपराउने रानीलाई छोटो खुट्टाको कारण लामोबाटो हिड्न समस्या पर्ने गरेको हसनको भनाइ छ ।

संसारको सानो गाईको रुपमा गिनिज बुकमा भारतको मनिकयामका नामक गाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!