दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले आफुलाई प्रहरीसमक्ष सुम्पिएका छन् । अदालतको मानहानी गरेका जुमाले अब १५ वर्षको जेल सजाय काट्नेछन् । उनी आफ्नो गृहनगरस्थित इस्कोर्ट करेक्सनल सेन्टरमा भर्ना भएका थिए । मध्यरातसम्म आफैंलाई प्रहरीको जिम्मा नलगाए उनलाई पक्राउ गरिने चेतावनी प्रहरी दिएको थियो ।

भ्रष्टाचारको मुद्दामा भएको सुनुवाईमा उपस्थित नभएपछि गत साता ७९ वर्षका जुमामाथि जेल सजाय तोकिएको थियो । यद्यपि, जुमाले यस सजाय राजनीतिक रुपमा प्रेरित रहेको दाबी गरेका थिए । दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपति जेल परेको यो नै पहिलो घटना हो । जुमाले सुरुवातमा आफुलाई प्रहरीको हवाला गर्न अस्वीकार गरेका थिए । तर, बुधबार छोटो वक्तव्य जारी गर्दै ज्याकोब जुमा फाउन्डेशनले प्रहरीको निर्णयलाई स्वीकार्ने जनायो ।

जुमाकी छोरी डुडु जुमा साम्बुड्लाले ट्वीटरमार्फत ‘आफ्ना बाबु जेलतर्फ गइरहेको र अझै पनि उनमा उच्च भावना रहेको’ उल्लेख गरेकी थिइन् । जुमा कुनै समय प्रभावशाली राजनीतिक व्यक्ति थिए । उनी दक्षिण अफ्रिकामा रंगभेद विरोधी आन्दोलनका क्रममा पटक–पटक जेल बसेका थिए । उनी २००९ देखि २०१८ सम्म दक्षिण अफ्रिकाको राष्ट्रपति थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!