हिपमत डटकम

बिहिबार, आषाढ २४, २०७८ || 508  पटक पढिएको

ब्राजिली स्ट्राइकर गाब्रियल जिसुसमाथिको प्रतिबन्ध लम्ब्याउने दक्षिण अमेरिकी फुटबल संघको निर्णयको नेयमारले विरोध गरेका छन् । यस प्रतिबन्धसँगै अर्जेन्टिनाविरुद्धको कोपा अमेरिकाको फाइनलमा जिसुस उपस्थित हुनेछैनन् ।

ब्राजिली कप्तान नेयमारले आफ्नो इस्टाग्राममा लेखेका छन्, ‘यस्तो खाले निर्णय गर्ने व्यक्तिको अन्तर्गतमा रहनु निकै दुग्भार्यपूर्ण छ ।’ उनले व्यङ्ग्य पनि गरेका छन् । ‘उनीहरुले खेलको राम्रो विश्लेषण गरे । हामीले धन्यवाद दिनैपर्छ,’ नेयमारले लेखेका छन् ।

यसअघि क्वाटरफाइनलमा चिलीका इयुजिनियो मेनाको अनुहारमा फ्लाइङ किक प्रहार गरेपछि जिसुसलाई रातो कार्ड देखाइएको थियो । उनले आफुबाट गल्तीवस् किक प्रहार भएको भन्दै माफी मागेका थिए ।

त्यसतया, जिसुसले पेरुविरुद्धको सेमिफाइनल खेल गुमाए । दक्षिण अमेरिकी फुटबल संघले मंगलबार उनीमाथिको प्रतिबन्ध थप एक खेलका लागि बढाउने निर्णय गरेसँगै उनले अर्जेन्टिनाविरुद्धको फाइनल गुमाउने पक्का भएको छ । आफुलाई दुई खेलको प्रतिबन्ध लगाएर अपिल गर्ने मौका समेत नदिइएपछि जिसुसले पनि व्यङ्ग्य गर्दै दक्षिण अमेरिकी फुटबल संघलाई धन्यवाद दिएका छन् ।

उनको साटो अब ब्राजिल र अर्जेन्टिनाबीचको फाइनल खेलमा एभर्टन मैदान उत्रनेछ । सेमिफाइनलमा पनि एर्भटनले नै खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!