हिपमत डटकम

बुधबार, आषाढ २३, २०७८ || 883  पटक पढिएको

काठमाडौं । हेइटीका राष्ट्रपति जोभनेल मोइजको उनको निवासमा हत्या भएको छ ।

राष्ट्रपति मोइजको हत्याबारे अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले एक वक्तव्य जारी गर्दै उनको निधन भएको पुष्टि गरेका छन् ।

जोजेफका अनुसार राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको बताए ।

आक्रमणमा राष्ट्रपतिकी श्रीमती पनि घाइते भएकी छन् ।

अन्तरिम प्रधानमन्त्री जोजेफले राज्यको निरन्तरताका लागि आवश्यक सबै उपायहरू अपनाइएको बताएको बीबीसीले जनाएको छ ।

आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि त्रिपन्न वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि सत्ता सम्हालेका थिए।

भ्रष्टाचारका अभियोगहरूका माझ मोइजको कार्यकाल सहज थिएन र उनले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूको लहरको सामना गर्नु परिरहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!