सोमबार, माघ २७, २०७६ || 1354  पटक पढिएको

पूर्व कै प्रतिष्ठित रंगेलीको संसारीमाई मन्दिरमा मुकुटसहित करिब ११ लाख भन्दा बढीको सामान चोरी भयो । माघ २२ गते भगवान कै घरमा चोरी हुँदा प्रहरीलाई टाउको दुखाई त बनेकै थियो, सँगसँगै आम भक्तजन पनि खिन्न नै थिए ।
तर प्रहरी भने चोरको पहिचान गर्ने बिषयमा ढुक्क मात्र थिएन । चोरलाई पक्राउ गर्न कम्मर कसेर नै लागेको थियो । मोरङ प्रहरी ढुक्क हुनुमा एउटा प्रमुख कारण थियो, मन्दिर परिसर जडान गरिएको सिसि क्यामेरा । नभन्दै मन्दिर परिसरमा रहेको सिसि क्यामेरामा चोरले चोरी गर्दा गर्दैको अबस्थामा कैद भएका दृश्यहरु फेला परेका थिए ।
सिसि क्यामेरामा दृश्य कैद भएपनि चोरको अनुसार प्रष्ट रुपमा देख्न नसकिदा प्रहरीलाई समस्या भएको थियो । तर चोरले लगाएको चश्मा र २३ नम्बर लेखिएको टोपीका कारण प्रहरीलाई केही सहज भएको थियो । सोही आधारमा प्रहरीले संम्भावित चोरको खोजी कार्य शुरु ग¥यो र चोरको नजिक पुग्यो ।
जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै संसरीमाई मन्दिरबाट हराएको सो सामान चोरी गर्ने चोरलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार जनकपुर घर भई हाल रंगेलीमा बसोबास गर्दै आएका भुवन पराजुलीलाई चोरीमा संलग्न भएको आरोपमा सार्वजनिक गरिएको हो ।
निजले चोरी कार्यमा प्रयोग गरेको ज १२ प ५४६८ नम्बरको मोटरसाइलक समेत पराजुलीको आँगनमा पर्किङ गरिएको अबस्थामा फेला परेको थियो । रातीको समयमा समेत चश्मा लगाउने ब्याक्तिले २४ घण्टा चश्मा लगाउने निश्कर्ष निकाल्दै प्रहरीले पराजुलीलाई पक्राउ गर्न सफल भएको हो ।
पराजुलीले मन्दिरबाट चाँदीको मुकुट, छाता, त्रिशुल पित्तलको गणेशको मुर्ति, छोटी माताको पुरानो मुर्ति लगायतका सामानहरु चोरी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!