सोमबार, माघ २७, २०७६ || 616  पटक पढिएको

१ नं. प्रदेश अन्तर्गत आईतवार छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा अन्दाजी ३४ लाख भन्दा बढीको क्षति भएको छ । ईलामको सूर्योदय नगरपालिका-२ मा बस्ने शसी क्षेत्रीको घरमा आईतवार बेलुका आगलागी हुँदा अन्दाजी २७ लाख ८ हजार मुल्य बराबरको क्षति भएको छ । बेलुका ७:५० बजेको समयमा क्षेत्रीको टिनको छानो भएको २ तले घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट क्षेत्रीको घरमा रहेको सुन, नगद, ईलेक्ट्रोनिक्स सामान, फर्निचरका सामान काठपात, अन्नपात, लत्ताकपडा पुर्णरुपमा जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो । आगलागी भएको खबर पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा उक्त आगलागी नियन्त्रणमा आएको उक्त कार्यालयले जनाएको छ । त्यसैगरी संखुवासभाको पाचँखपन नगरपालिका-७ बाहुनगाउँ बस्ने पदमनाथ कुईकेलको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी ७ लाख मुल्य बराबरको क्षति भएको हो । आगलागीबाट कुईकेलको टिनको बेरा भएको ३ तले घर, घर भित्र रहेको नगद, चाँदी, लत्ताकपडा, अन्नपात लगायत घर भित्र रहेका सम्पूर्ण सामान र कुईकेलको भतिजा कमल कुईकेलको ग्वाली घरमा समेत आगलागी हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो । आगलागी भएको खबर इलाका प्रहरी कार्यालय वानामा प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा पुर्णरुपमा नियन्त्रणमा आएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!