बीरेन्द्रकुमार साह

सोमबार, आषाढ २१, २०७८ || 1384  पटक पढिएको

काठमाडौ ।नेपालीतारा सिजन ३ फ्रेमबाट चर्चामा आएकागायकबिनोद राई र द भ्वाइस अफ नेपालसिजन २ फ्रेमबाट चर्चामा आएकीगायिका ससिका राईको नयागीत रिलिजभएको छ ।

 

‘एकैसाथ यो झरीमा’बोलको गीत देबेश ससिका युट्युव च्यानलबाट रिलिज गरिएको छ । यस गीतमाइन्दु तामाङको शब्द रहेको छ भने नेपालीतारा सिजन ३ का फस्ट रनरअप चर्चित गायक देबेश राईको संगीत, एरेञ्ज र मिक्सिङ मास्टर रहेको छ । यस गीतलाई आफ्नै स्टुडियोमा रेकर्ड गरिएको हो ।

‘एकैसाथ यो झरीमा’गीतको म्युजिक भिडियोलाई फराज अर्पणले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रविन राई रअञ्जना बराइलीको अभिनय देख्न सकिन्छ । गीतको भाव र म्युजिक भिडियोको स्टोरी अनुसार प्रविन र अञ्जनाले उत्कृष्ट काम गरेका छन् । प्रविन र अञ्जनाको जोडीपनि म्युजिक भिडियोमा जमेको छ । यस भिडियोलाई निर्देशनसंगै सिनेमाटोग्राफी र सम्पादनपनि फराज अर्पणकै रहेको छ ।
भिडियो हेनुहोस्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!