सुनबर्शी,
मोरङको सुनवर्षि नगरपालीका वार्ड नं.२ बरालटोल,गिर्दलिया,नरवङचोकसम्मको सडक कालोपत्रे हुने भएको छ ।
करिव ३.१ किलो मिटर सडक कालो पत्रे हुने भएपछी स्थानियबासीहरु हर्षित समेत भएका छन् । बुधवार एक कार्यक्रम बिच सुनवर्षि नगरपालीकाको मेयर कालि प्रसाद दास, उपमेयर मंजु राई र वडाअध्यक्ष प्रताप तामाङले विधिवत रुपमा सडक निमार्ण कार्यका लागी पुजाअर्चना गरि शिलान्यास गर्नुभएको छ । सुनवर्षि नगरपालिकाको करिव २ करोडको लागतमा बेसबोडर सहित १८ फिट कालोपत्रे सडक बनाउने गरी सडक ठेक्का लगाएको छ । असार मसान्त सम्म निर्माण गरिसक्ने योजना सहित सडक निर्माणको ठेक्का गितान्जली जोशिला जेभि विराटनगरले ठेक्का पाएको छ । सडक निर्माण हुने भएसंगै सो क्षेत्रका करिव ५ सय बढी परिवार लाभान्वीत हुने भएका छन् ।सुनवर्षि नगरपालीका मेयर कालि प्रसाद दासले सुनवर्षि नगरपालिकाले बहुुवर्षिय लक्ष्य राखेको ५३ किलो मिटर सडक कालोपत्रे योजना अन्र्तगत
हाल बराल चौक देखि गिरदलिया सम्म २.२३ किमि सडक पहिलो चरणमा काम शुरु भएको र लगतै नरबुङ सम्मको १.५९ कि.मि सडक कालोपत्रे गरिने योजना रहेको जनकारी दिए ।
सो क्रममा स्थानियबासीहरुले मेयर दास र उपमेयर राईलाई पन्चेबाजा सहित अबिरमालाले गाऊमा
स्वागत गरेका थिए । स्थानियबासी पुष्पमणी भारतीले धुलाम्मे र
हिलाम्मे खाल्डाखुल्डी सडकमा हिड्नु पर्ने बाध्यता रहदै आएकोमा
सडक निर्माणले स्थानियबासीमा खुशी छाएको बताउदै गाऊमा पनि
कालोपत्रे सडक बन्न लाग्दा स्थानिय सरकारको अनुभुति गर्न पाएको बताए
। यता सुनवर्षि नगरपालीका वडा नं.२ का वडाध्यक्ष प्रताप तामाङले
गाऊको महत्वपुर्ण योजना अन्र्तगत सो सडक निर्माण हुन लागेको
बताउदै अमरदहको विकासमा थप एउटा कार्य गरिन लागेको बताए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!