हिपमत डटकम

मंगलबार, आषाढ १५, २०७८ || 715  पटक पढिएको

बिराटनगर । मोरङमा पत्रकारहरूको मंगलबार बसेको बैठकले पत्रकार फाउण्डेसन केन्द्रीय समिति गठन गरेको छ ।

 

संचारकर्मीको अधिकारका लागि मात्र काम गर्ने उद्देश्य राखेर समिति गठन गरिएको हो । न्यू सृष्टि दैनिकका प्रकाशक/प्रधान सम्पादक शंकर खरेल अध्यक्ष रहेको समितिमा कौशल निरौला वरिष्ठ उपाध्यक्ष छन् । ब्रम्हदेव यादव र निर्मल ढुंगाना उपाध्यक्ष चयन भएका छन् । महासचिवमा वीरेन्द्रकुमार साह, सचिव गोपाल काफ्ले छन् भने कोषाध्यक्षमा सुधा थापा छिन् ।

 

सदस्यहरूमा श्रीमन्त भट्टराई, राज पोखरेल, प्रकाशनारायण झा, अनुज सापकोटा, रोसिका अधिकारी, नवराज काफ्ले, दिलीप अग्रवाल, सरिता कर्मकार, एलएन गच्छदार छन् ।

मंगलबार विराटनगरमा भएको भेलाले गठन गरेको कार्यसमितिमा सबै क्षेत्रलाई समेटिएको महासचिव साहले बताए । समितिमा थप दुई सदस्य चयन हुन बाँकी छन् ।

 

‘संचारकर्मीलाई पीरमर्का परेको बेला जस्तोसुकै सहयोग पनि गर्ने उद्देश्य राखिएको छ’ अध्यक्ष खरेलले भने, ‘हामी कसैप्रति पूर्वाग्रह हुन्नौ, सामाजिक कार्यमा संलग्न हुने उद्देश्यसहित फाउण्डेसनको जग बसालेका हौं ।’

बैठकमा सामाजिक अभियन्ता तथा कांग्रेसका युवा नेता राजेशकुमार गुप्ताले सामाजिक कार्यमा संचारकर्मीलाई जोड्ने प्रयासका लागि शुभकामना दिए । बृहद शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले नवगठित कार्यसमितिले सामाजिक कार्य र संचार क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भने, ‘यस्तो सशक्त टिमले धेरै असल काम गर्न सक्छ ।’

 

महासचिव साहले आफुहरू सकारात्मक सोचका साथ आएको र फाउण्डेसन कुनै संस्थाको विकल्प नभएको उल्लेख गरे । वरिष्ठ उपाध्यक्ष निरौलाले सेवाको क्षेत्रमा इमान्दारिता पूर्वक काम गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!