हिपमत डटकम

मंगलबार, आषाढ १५, २०७८ || 809  पटक पढिएको

सरकारका महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘तिमी’ सम्बोधन गर्ने गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा सरकारका तर्फबाट प्रतिरक्षा बहस गर्दै बडालले आज संवैधानिक इजलासमै त्यस्तो असन्तुष्टि पोखेका हुन् ।

आफ्नो बहसको अधिकांश समय राष्ट्रपतिको निर्णयको बचाउ गरेका बडालले रिट निवेदकका वकिलहरुले बहसका क्रममा राष्ट्रपतिलाई आदरार्थी सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाए । राष्ट्रपतिले ‘बताइन्’ भन्ने गरेको भन्दै उनले भने, ‘वा ! क्या भाषा !’

 

आज सरकारी वकिलको तर्फबाट जवाफी बहस प्रारम्भ गरेका बडालले संविधानले धारा ७६ को प्रयोगका लागि राष्ट्रपतिलाई स्वविवेकीय अधिकार दिएकाले उहाँले चाहेअनुसारको निर्णय गर्न सक्ने आशयको अभिव्यक्ति पनि दिएका थिए । उनले राष्ट्रपतिको क्षेत्राधिकारबारे मुद्दाका पक्षधर स्पष्ट नभएकाले अनावश्यक टिप्पणी गरिएको दाबी गरेका छन् ।

राष्ट्रपतिलाई आदरार्थी शब्द प्रयोग नगरेकोमा आपत्ति जनाएका बडालमाथि अराजक टिप्पणी गर्ने गरेको आरोप छ । केही समयअघि संवैधानिक इजलासमा बहसका क्रममा उनले शम्भु थापा,गोविन्द बन्दीलगायतका वरिष्ठ अधिवक्ताहरुको लाइसेन्स खोस्नेसम्म धम्की दिएको चर्चा चलेको थियो । त्यतिबेला बडालले आफू बार काउन्सिलको अध्यक्षसमेत भएकाले आफूलाई त्यस्तो अधिकार रहेको दाबी गरेका थिए ।

त्यसो त,राष्ट्रपतिलाई आदरार्थी सम्बोधन नगरेकोमा चित्त दुखाउनेमा बडाल एक्लै छैनन् । प्रधानमन्त्री केपी ओलीले समेत चित्त दुखाउने गरेका छन् । केही समयअगाडि राष्ट्रपतिलाई तिमी भनेकोमा ओलीको चर्को असन्तुष्टि बाहिरिएको थियो । संसद विघटनलगत्तै नेपाली काँग्रेसले जारी गरेको एउटा वक्तव्यमा राष्ट्रपतिलाई सामान्य आदरार्थी शब्दले सम्बोधन गरिएकोमा ओलीले काँग्रेस र सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए ।

बेलाबेला एमालेका अरु नेताले पनि राष्ट्रपतिलाई सम्मान नगरेकोमा चित्त दुखाउने गर्दै आएका छन् ।

छुटाउनुभयो कि?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!