हिपमत डटकम

आइतबार, आषाढ १३, २०७८ || 556  पटक पढिएको

अमेरिकी राष्ट्रपति जो बाइडनले अब अफगानिस्तानका नागरिकले आफ्नो भविष्यको निर्णय आफैं गर्नुपर्ने बताएका छन् ।

 

अफगानिस्तानका राष्ट्रपति असर्फ घानीसँगको घेटपछि बाइडनले अब अफगानिस्तानका नागरिकहरु आफ्नो भविष्यको निर्णय आफैं गर्न गइरहेको बताएका हुन् ।

 

बाइडनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता आए पनि उसलाई दिँदै आएको सहयोग भने जारी राख्ने बताएका छन् । ११ सेप्टेम्बरबाट अफगानिस्तानमा रहेका अमेरिका तथा नेटोका सैनिक फिर्ता जाँदैछन् ।

अफगानिस्तानका धेरै स्थानमा चरमपन्थी संगठन तालिबानले कब्जा जमाइरहेको अवस्थामा अमेरिकी राष्ट्रपतिले यस्तो बताएका हुन् ।

 

गत साता संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा तालिबानले आफ्नो कब्जा बढाउँदै लगेको भन्दै चिन्ता व्यक्त गरेको थियो । अमेरिकाले यसअघि अफगानिस्तानमा आफ्ना सैनिकका लागि काम गर्ने नागरिकको उद्धार गर्ने बताएका थिए ।

आफ्नो सेना फिर्ता गएपछि उनीहरु तालिबानको निसानामा पर्न सक्ने आशंकाको बीच अमेरिकाले यस्तो घोषणा गरेको हो ।

 

अमेरिका र नेटोका अधिकारीहरुले तालिबानले अहिलेसम्म आफ्नो प्रतिबद्धताअनुसार अफगानिस्तानमा हिंसा कम नगरेको बताएका छन् । अफगानिस्तानी राष्ट्रपछि घानीसँगको कुराकानीमा बाइडनले भने, ‘हाम्रा सेना फिर्ता आइरहेका छन् तर अफगानिस्तानको लागि दिँदै आएको सहयोग भने अन्त्य हुने छैन ।’

 

बाइडनले थपे, ‘यो अर्थहीन हिंसा रोकिनुपर्छ । जुन निकै कठिन बन्दै गएको छ ।’ अफगानिस्तानका राष्ट्रपति घानीले अमेरिकाको निर्णयलाई आफूले सम्मान गर्ने बताए । उनले अफगानिस्तानका सैनिकले तालिबानले हालै आफ्नो नियन्त्रणमा लिएकामध्ये ६ जिल्लामा पुनः सरकारको नियन्त्रण कायम राख्न सफल भएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!