जुगेश दास

बुधबार, आषाढ ०९, २०७८ || 490  पटक पढिएको

सुनसरी। सुनसरीको गढी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष टुनालाल चाैधरी र वडा सचिब सत्रुघन श्रेष्ठले लाखौं रुपैयाँ हिनामिना गरेको वडा सदस्य ललती चाैधरीले आरोप लगाउदै गढी गाउँपालिकामा निवेदन दिएका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ मा चालु आर्थिक वर्ष ०७७/०७८ को बजेटको बारेमा चित्त बुझाउन नसकेको भन्दै गाउँपालिकाको दर्ता चलानी किताबमा मंगलवार असार ८ गते निवेदन दर्ता गरि दर्ता नम्बर २२४३ रहेको जानकारी दिएको छ ।

कोरोना भाइरस सम्बन्धि कार्यक्रम, प्रजनन स्वास्थ्य कार्यक्रम, पशु अवस्था ओषधी खरिद, पशु स्वास्थ्य शिविर संचालन कार्यक्रम, सरसफाइ कार्यक्रम, विभिन्न चाडपर्व कार्यक्रम खर्च, योजना अनुगमन तथा सुपरिवेक्षण, लगायतका बजेटको शिर्षकबाट कार्यक्रम नगरि लाखौं रुपैयाँ हिनामिना गरेको वडा सदस्य ललती देवी चाैधरीले बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय मर्मत खर्च, अपाङ्गता भवन मर्मत संभार, राजाजी मन्दिर निर्माण वडा कार्यालय भवन मर्मत तथा बिजुलि व्यवस्थापन सुकुम्बासी बस्ती व्यवस्थापन लगायतका निर्माण कार्य नगरि लाखौं रुपैयाँ हिनामिना गरेको वडा सदस्य ललती देवी चाैधरीले बताउनुभयो ।

वडामा विभिन्न भत्केको बिग्रेको बाटो मर्मतका बजेट समेत मर्मत कार्य नगरि हिनामिना गरेको भन्दै वडामा अहिले वर्षाले गर्दा विभिन्न बाटोमा हिलाम्मे हुँदा आवातजावतमा कठिनाई हुने गरेको, बाटोमा खाल्डाखुल्डी भएकोले खुट्टा घुढा सम्म जमिन मुनि जाने गरेकोले स्थानीयवासीलाई लगायत आवतजावत गर्ने सर्वसाधारणलाई समेत सास्ती खेप्नु परिरहेको वडा सदस्य चाैधरीले बताउनुभयो।

उक्त शिर्षकहरुको बजेट कहाँ , कसरी, कुन ठाँउमा खर्च भयो भन्ने जानकारी माग्दा हिसाब नदिएको भन्दै वडा अध्यक्ष तथा वडा सचिबलाई नेपाल सरकारको नियम बमोजिम कानुनी कार्वाहीको माग गरेका छन् ।

गरिब निमुखा जनताहरुको निम्ति गाउँपालिकाले हरेक वडामा ईन्टरनेट जडान गरेतापनि अनलाइन सेवा जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता तथा बसाइँसराइको फर्म वडाको मातहतमा भएतापनि वडा सचीब , वडा अध्यक्ष कामचोर भइ अरुको पसलमा फोरम भर्न पठाइ निमुखा जनता सँग यस वडाको जनप्रतिनिधि तथा वडा सचिबले रगत चुसेझै दोहोरो पैसा लिईने गरेको सदस्य चाैधरीले बताइन् ।

यस वडामा भइरहेको भ्रष्टाचारी, वडा अध्यक्ष तथा वडा सचिब गरेको हिनामिना लगायत जनतालाई दुख दिने कामले आफुलाइ यस वडाको जनप्रतिनिधि पनि भन्न लज्जास्पद रहेको वडा सदस्य चाैधरीको भनाइ छ ।

स्थानीय युवाहरुले आक्रोश पोख्दै भने, गाउँपालिका तथा वडामा बढ्दो भ्रष्टाचारलाई न्यूनीकरण गर्नु पर्छ, यदि सरोकारवालाहरुले यसको न्यूनीकरण गरेन भने हामीहरु वडा तथा गाउँपालिकामा भइरहेको भ्रष्टाचार विरुद्धको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

गढी गाउँपालिकाको सबै वडामा यस्तै घटनाहरु भएको प्रशस्त छ । घटनाको सत्यतथ्य छानबिन गरियोस, गढि गाउँपालिकाले कुनैपनि कारण नदेखाई अविलम्ब छ वटै वडाहरू कामको अनुगमन गरी गल्ती गर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याउनु पर्छ । यदि गढी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ले यस्तो कार्य गर्न सक्दैन भने जनताले स्वयं हिसाबकिताब गर्नेछन् र युवाहरूको भ्रष्टाचारविरुद्धको एकता ले नयाँ रुप लिनेछन् भन्ने स्थानीय युवाहरुको भनाइ रहेको छ ।

वडा अध्यक्ष टुनालाल चाैधरीले आफुले कुनै पनि अनिमियता नगरेको भन्दै हामी पुर्न रुपमा सक्रिय भएर कार्यक्रम गर्दै आएको , वडामा विकासको निम्ति विकास निर्माण कार्य गर्दै आएको प्रतिक्रिया दिनुभयो।

वडा सचिब सत्रुघन श्रेष्ठले आफुहरुहरु माथी लगाएको आरोप झुठो रहेको भन्दै आफुहरु विभिन्न किसिमको कार्यक्रमहरु गरेको प्रमाण सहित राखेको प्रतिक्रिया दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!