हिपमत डटकम

बुधबार, आषाढ ०९, २०७८ || 502  पटक पढिएको

पाकिस्तानको लाहोरस्थित जोहार टाउनमा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ ।

 

पाकिस्तानको प्रहरीले दिएको जानकारीअनुसार उक्त विष्फोटमा परी थप २१ जना घाइते भएका छन् । प्रहरीका अनुसार अहिलेसम्म आठजना उपचारपछि घर फर्किएका छन् भने १३ जनाको उपचार भइरहेको छ ।

 

उक्त विष्फोट लस्कर ई ताइबाका संस्थापक हाफिज सइदको घरजनिकै गराइएको थियो । पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार विष्फोटको कारण नजिकैका अन्य घरहरुमा क्षति पुगेको छ ।

घाइते हुनेमा एक प्रहरी अधिकारी पनि छन् । त्यतिबेदा प्रहरीहरु साइदको घरको सुरक्षाका लागि खटिइरहेका थिए ।

अहिलेसम्म उक्त विष्फोट आत्मघाती थियो वा कुनै डिभाइसको प्रयोग गरी गराइएको थियो भन्ने खुलेको छैन । प्रहरीले अहिले विष्फोटको विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।

पञ्जाब प्रान्तका मुख्यमन्त्री उस्मान बुज्दारले विष्फोटको घटनाबारे चासो दिँदै प्रहरीलाई आवश्यक अनुसन्धानको लागि निर्देशन दिएका छन् ।

उनले पञ्जाबको सरकार पीडित र उनीहरुका परिवारको साथमाा रहेको बताएका छन् । news source:- Onlinekhabar

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!