राजिव शाह

बुधबार, आषाढ ०९, २०७८ || 433  पटक पढिएको

सर्लाहीमा बुधबार बिहान इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।

सदरमुकाम मलंगवा नगरपालिका–११गम्हरिया पल्सी टोलमा बुधबार बिहान इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

स्थानीय सदाम अन्सारीका आठ वर्षीय छोरा रेआज अन्सारी र छ वर्षीय छोरा नेआज अन्सारीको गाउँ नजिकै रहेको इँटा उद्योगको चिम्नी भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतक बालकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा राखिएको छ । बालकहरुको डुबेर मृत्यु भएको इँटा उद्योग पूर्व सभासद् जंगिलाल रायको रहेको गम्हरियाका वडाध्यक्ष नन्दकिशोर रायले बताए ।

इँटा उद्योगमा कामदारहरु भएको समयमा कसैलाई पनि छेउछाउमा आउन नदिने गरेको भएपनि बिहान भने उद्योगमा कामदारहरु नभएको समयमा बालकहरु पौडी खेल्न जाँदा घटना भएको गम्हरियाका वडाध्यक्ष रायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!