आइतबार, माघ २६, २०७६ || 1033  पटक पढिएको

विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आइतबारदेखि विजय मल्लको ‘बहुलाकाजीको सपना’ नाटक मञ्चन सुरु भएको छ ।
विराट आदर्श साहित्य मञ्चको तेस्रो प्रस्तुतिका रुपमा रहेको नाटक फागुन ९ गतेसम्म मञ्चन हुनेछ । आरोहण गुरुकुलसँगको सहकार्यमा सुरु भएको नाटकमा अभिनय गर्ने कलाकारहरू विभिन्न कलेज र विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । नाटकले गरिबी, असमानतालाई सशक्त रुपमा उठाएको छ । नाटक हेरिसकेपछि प्रदेश–१ को सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राईले कलाकारहरूले जीवन्त अभिनय गरेको प्रतिक्रिया दिए । नाटकमा नेपाली समाजको कारुणिक चित्रण गरेको उनको भनाइ थियो । कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका प्राज्ञ विवश पोखरेलले नाटकले गरिबी, विभेद, सामन्ती प्रवृत्तिलाई उदाङ्गो बनाएको बताए । हिसान मोरङका निवर्तमान अध्यक्ष बलराम पन्तले हरेक विद्यार्थी मात्रै नभएर आम अभिभावकले समेत नाटक हेर्नुपर्नेमा जोड दिए । आयोजक संस्थाका प्रमुख सल्लाहकारसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदितले विराटनगरका दर्शकले मञ्चले प्रस्तुत गरेका विगतका नाटकझैं बहुलाकाजीको सपना पनि मन पराउने विश्वास व्यक्त गरे ।
कक्षा ११ र १२ को पाठ्यक्रममा समावेश नाटकमा विवेक आचार्य, सन्देश बाराकोटी, अशोक गौतम, आशुतोष कोइराला, मनिषा बराल, प्रिया कँडेल, अनिल खत्री, प्रदीप दाहाललगायतका कलाकारले अभिनय गरेका छन् । नाटक ५ हजार दर्शकले हेर्ने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष कटवाल दीपकले जानकारी दिए । यसअघि मञ्चले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित मुनामदन र वरिष्ठ आख्यानकार परशु प्रधानको कथामा आधारित ‘छिडीभरिको आकाश मञ्चन गरिसकेको छ । मञ्चले ‘स्रष्टा र सिर्जना’ साहित्यिक शृंखलासमेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!