चलचित्र पत्रकार संघ प्रदेश १ को दोस्रो अधिबेशनले पूर्वेली न्युजका सम्पादक नरेन्द्र बस्नेतको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यसमिति सर्बसम्मत चयन गरेको छ । सुनसरीको ईटहरीस्थित होटल पाथिभरा ईन्टरनेशनलमा आईतबार सम्पन्न अधिबेशनले करिब डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल बस्नेतको अध्यक्षतामा समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा धरानकी सञ्जु राई सचिबमा बिराटनगरका बिरेन्द्रकुमार शाह,सहसचिबमा बिर्तामोडका रमेश तिवारी र कोषाध्यक्षमा उर्लाबारीका किशोर श्रेष्ठ चयन भएका छन । समितिको सदस्यहरुमा झापा,मोरङ,सुनसरी लगायत प्रदेश १ का बिभिन्न जिल्लाबाट सदस्य चयन भएका छन । चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष सन्दिप सापकोटाको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न भएको हो ।

नवनिर्बाचित अध्यक्ष बस्नेतले प्रदेश १ का १४ वटै जिल्लामा रंग पत्रकारिता गरिरहेका सक्रिय पत्रकारहरुलाई संगठित गर्ने र उनीहरुको क्षमताबृद्धि लगायत उनीहरुको हक हितका लागी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताएका छन । प्रदेश १ मा हाल ३ दर्जन बढी सक्रिय रुपमा रंग पत्रकारिता गर्ने पत्रकारहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!