आइतबार, माघ २६, २०७६ || 1315  पटक पढिएको

टेलिफोन नउठाएको रिसमा आफ्नो विवाहित प्रेमिकाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय सुरेन्द्रप्रसाद साह रहेका छन् । साहमाथि सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको हत्या गरेको आरोप छ ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत माघ २४ गते बिहान विराटनगर महानगरपालिका–१२ मा रहेको उखुबारीमा परियारको घाटी काटिएको र घाटीमा सलले बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो । सनाखतको लागि उक्त महिलाको फोटो जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज, प्रहरी संचार, टेलिभिजन, एफएमलगायतका सञ्चार माध्यमबाट हुलिया परिपत्र गरेपश्चात शव बसन्त परियारकी श्रीमती सम्झना खत्री परियारको रहेको खुलेको थियो ।

प्रहरी अनुसन्धानको क्रममा सप्तरी जिल्ला कृष्णश्रवण गाउँपालिका वडा नं ३ मट्टीगढा घर भई हाल बुढिगंगा गाउपालिका वडा नं. ३ पोठियामा डेरा गरी बस्ने क्वालिटी नुडल्स फ्याक्ट्रीमा स्टोर ईन्चार्जको रूपमा कार्यरत सुरेन्द्रप्रसाद साह र मृतक सम्झना खत्री परियारवीच विगत ३ बर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको खुलेको थियो । त्यसैको आधारमा प्रहरी ले साहलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!