हिपमत डटकम

मंगलबार, आषाढ ०८, २०७८ || 652  पटक पढिएको

सोमबार २१ जुनमा हामीकहाँ दिन सबैभन्दा लामो हुन्छ भने रात सबैभन्दा छोटो हुन्छ । २१ जुनको दिनमा सूर्यको किरण सबैभन्दा लामो समयसम्म पृथ्वीमा पर्दछ । त्यसैले यसलाई वर्षकै सबैभन्दा लामो दिन मानिन्छ ।

जुन २१ को दिनलाई गृष्म सोल्सटाइस भनिन्छ, जसको अर्थ हुन्छ सूर्य अझै पनि जागा छ भन्ने हुन्छ । आखिर जुन २१ मा पृथ्वीको उत्तरी गोलार्धमा किन सबैभन्दा लामो दिन हुन्छ त ? यसको वैज्ञानिक कारणचाहिँ यस्तो छ ।

२१ जुनको दिन सूर्य पृथ्वीको उत्तरी गोलार्धस्थित कर्कट रेखामा सबैभन्दा माथि र सिधा पर्दछ । जसका कारण उत्तरी गोलार्धमा वर्षका अन्य दिनमा भन्दा २१ जूनको दिन लामो समयसम्म सूर्यको किरण पर्दछ । जसका कारण दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ । जुन २१ लाई विश्वका विभिन्न देशहरुमा गृष्मयामको सुरुआतको पर्वकै रुपमा पनि मनाइन्छ ।

यद्यपि हालसम्म एकपटक अर्थात् सन् १९७५ मा २१ जूनको साटो २२ जूनमा सबैभन्दा लामो दिन थियो । अब यस्तै घटना सन् २२०३ मा हुनेछ । अर्थात् आगामी सन् २२०३ मा पनि जून २२ मा वर्षकै सबैभन्दा लामो दिन हुनेछ । वास्तवमा उत्तरी गोलार्धमा गृष्म सोल्सटाइस जूनको २० देखि २२ भित्रमा हुन्छ भने दक्षिणी गोलार्धमा डिसेम्बरको २१ वा २२ मा पर्दछ ।

स्मरण रहोस् उत्तरी गोलार्धमा २१ वा २२ डिसेम्बरमा चाहिँ दिन सबैभन्दा छोटो र रात सबैभन्दा लामो हुन्छ । त्यस्तै मार्च २१ र सेप्टेम्बर २१ मा दिन र रातको लम्बाई बराबर हुन्छ । यस दिन सूर्यको पृथ्वीको भूमध्यरोखाको सिधा माथि पर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!