हिपमत डटकम

मंगलबार, आषाढ ०८, २०७८ || 888  पटक पढिएको

निर्वाचन आयोगले नागरिकतासम्बन्धी विवरण दिन नमानेपछि सिंहदरबारको दक्षिणी गेटैमा उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोका नाममा “नयाँ पार्टी”ले सूचना टाँसेको छ ।

महतोले आफू नेपाली नागरिक भएको प्रमाण दिन नसकेको कारण देखाएर उनलाई सिंहदरबार प्रवेश निषेधको सूचना टाँस गरिएको हो ।सो पार्टीले मन्त्री महतो सुडीलाई एक साताभित्र आफू नेपाली नागरिक भएको प्रमाण सार्वजनिक गर्न माग गरेकोमा त्यसो नगरिएपछि यस्तो सूचना टाँसेको जनाएको छ ।

 

पार्टीले निर्वाचन आयोगमा पुगेर महतोले २०५६ सालमा सर्लाही २ बाट,२०७० सालमा सर्लाही ४ बाट र २०७४ सालमा धनुषा ३ नम्बर क्षेत्रबाट उम्मेदवारी दिँदा पेश गरेको नागरिकताको कपी माग गरेको थियो तर आयोगका सचिव सुरेश अधिकारीले माथिको आदेशले दिन नमिल्ने र आफू अप्ठ्यारोमा पर्ने भन्दै छायाँ कपी दिन इन्कार गरेको सो पार्टीले जनाएको छ । ०६८ साल फाल्गुन १ र २९ गते गृह र अख्तियारले छानबिनका लागि सर्लाही जिल्ला प्रशासनमा पत्र पठाएका थिए ।

जिप्रकाले ०६२ चैत्र २३ मा जिप्रकामा आगलागी हुँदा प्रमाण नष्ट भएको झुट्टा बेहोरा लेखी पठाएको थियो ।

सो पार्टीले विदेशी नागरिकलाई सरकारको मन्त्री बनाइएका कारण अब सिंहदरबार प्रवेश निषेध गर्नेदेखि देशैभर निषेध र प्रतिकार गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!