सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा विविध कार्यक्रम गरी सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाईएको छ । सोमवार मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा सो योग दिवस मनाईएको हो ।
नेपाल सरकारको निर्देशन बमोजिम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मलंगवाको संयोजनमा आयोजना गरिएको सो योग दिवस कार्यक्रमा करिब दुई घण्टा सम्म योगाभ्यास गरिएको थियो ।
उदघाटन–सत्र पश्चात योगको दोस्रो–सत्र बिहान २ घण्टा सम्म संचालन गरिएको कार्यक्रमका सहभागी नागरिक समाज सर्लाहीका महासचिव शिव चन्द्र चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, प्रमुख जिÞल्ल अधिकारी हेमराज तामांग, प्रहरी उपरीक्षक संतोष सिंह राठौर, नगरप्रमुख निरसल साह, जिल्ला जनस्वास्थ्य तथा सर्लाही अस्पतालका प्रमुख नवलकिशोर झा, जिल्ला आयुर्वेद स्वास्थ्य केंद्रका प्रमुख नंदकिशोर कुशवाहा, नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकांत झा, महासचिव शिवचन्द्र चौधरी, डा.अब्दुररहीम लगायत सेना र सशस्त्र प्रहरीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।