हिपमत डटकम

बुधबार, भाद्र ११, २०८२ || 872  पटक पढिएको

अस्ट्रिया। स्वास्थ्यका र भाइचारा लागि खेलकुद भन्ने नाराका साथ अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । नेपाल युरोपियन स्पोट्र्स क्लब (एनईएससी)ले आयोजना गरेको हो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि खेलाडी घाइते भएका कारण आयोजक क्लब उपविजेतामा सीमित हुन पुग्यो । एनईएससीले ३ खेल जित्दा फाइनलमा भने फिनल्याण्ड एचएससी क्लबसित ३–० को हार व्यहोर्नु बाध्य भयो ।
एनईएससीले एनबीएससीलाई २–०, एचएससीटी स्वीजरल्याण्डलाई २–० र एचएसभीसी जर्मनीलाई २–० को सेटमा पराजित गरेको थियो । सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेको एनईएससी एकजना खेलाडी घाइते भएका कारण फाइनलमा पराजित हुन बाध्य भएको एनईएससी दिलकुमार घमालले बताए ।

सन् २०२० मा स्थापना भएको नेपाल युरोपियन स्पोट्र्स क्लब एनईएससीले पछिल्ला प्रतियोगिताहरूमा उल्लेखनीय सफलता हात पारेको छ । सुरुवातमा केवल ४ खेलाडीहरूसँग सुरू भएको क्लब अहिले एक सबल र संगठित टोलीको रूपमा अघि बढिरहेको अध्यक्ष घमालको भनाइ छ ।

‘यस वर्षको प्रतियोगितामा क्लबले तीन खेलमा लगातार विजय हासिल गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो,’ घमालले भने, ‘तर डेनियल, माइकलको प्रशिक्षणमा टिमले राम्रो गर्दागर्दै पनि एकजना खेलाडीको खुट्टामा समस्या आएपछि उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन ।’
अध्यक्ष घमालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सुश्री सारा, डेनियल, माइकल, टी भली टिम, गल्र्स टिम तथा सबै पाहुनाहरूलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!