अमरेश कुमार पाण्डे

आइतबार, आषाढ ०६, २०७८ || 773  पटक पढिएको

महागढिमाइ / बारा। कोरोना महामारीले गर्दा बिश्वनै आक्रान्त भएको छ। नेपालमा पनि धेरै नै क्षति भएको छ। यो महामारीको समयमा माहागढिमाइ नगर पालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक बिधालय पिप्राडी बेनौलीका प्रअले कक्षा १० का बिद्यार्थीलाई बार्षिक परिक्षा लिरहेको छ।

नेपाल सरकारले कुनै पनि शैक्षिक संस्था संचालन नगराउन , विधुतिय माध्यमबाट विधार्थीलाई पधाउन निर्देशन दिरहेको अवस्थामा महागढिमाइ नगर पालिका वार्ड:-७ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिप्राडी बेनौलीका प्रअ जितेन्द्र यादवले विद्यार्थीलाई स्कुलमै बसाइ बार्षिक परिक्षा लिदै गरेको हामीले भेटेका छौ । माक्स नलगाई बिधालयबाट बिधार्थीहरु बाहिर निस्किएको अवस्थामा भेटिएका थिए ।

बिद्यार्थीलाई परिक्षा लिने क्रममा नेपाल सरकारले निर्णय गरेको कुनै किसिमको कानुन वा नियम पालना नगरेको पाइएको देखिन्छ,नेपाल सरकार भन्दा ठूलो बन्दै देशको सबै कानुनलाई खिल्ली उडाउदै परिक्षा लिएको पाउँदा यो बिषयमा सम्बन्धित पालिकाको शिक्षा प्रमुखसंग बुझ्दा आफुलाइ परिक्षा संचालन भएको कुनै जानकारी नभएको हिपमत डटकमलाई प्रतिक्रिया दिए।

यस बिषयमा विधालयका प्रअ जितेन्द्र यादवलाई बुझ्न खोज्दा कुनै किसिमको परिक्षा संचालन नभएको नया भर्ना अभियानको लागि सूचना दिन मात्र विधार्थीलाई उपस्थित गराएको जानकारी दिए । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिप्राढी बेनौली कक्षा १० का विद्यार्थी संग प्रतिक्रिया लिदा आफू परिक्षा दिएर फर्किदैछौ भनेर हामीलाई प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!