आइतबार, माघ २६, २०७६ || 783  पटक पढिएको

हाइड्रोसेफालुस रोगका कारण टाउको ठूलो भएको बच्चालाई अगाडि राखेर राजधानीको मूल सडकमा सहयोग माग्दै गरेकी तराई भेगकी महिलाको पुकारले फोटो पत्रकार नभेष चित्रकारलाई तान्यो। रोयटर्सका लागि तस्बिर खिच्दै आएका नभेषले २०७५ फागुन १७ गते बालकको तस्बिर खिचेसँगै आमा फूलकुमारी देवीको सम्पर्क नम्बर मागे। नभेष काठमाडौंमा बसेर अन्तर्राष्ट्रिय न्युज एजेन्सी रोयटर्सका लागि काम गर्छन्।

समाचार संस्थासँग कुरा गरेर उनले रौतहटका दुईवर्षीय बालक बजरंगीको फोटो कथा बनाउन थाले। यसबाट बालकको जीवनमा पनि केही सहयोग पु(याउने उनको आशा थियो। उनले बालकको घरसम्मको यात्रा तय गरे। पहिलो भेट भएको झन्डै तीन सातापछि घरमै पुगेर कथाका लागि विभिन्न कोणबाट तस्बिर खिचे। प्रकृतिले अर्कै कथा रच्यो। उपचारका लागि सहयोग जुटाउने तयारी गर्दैगर्दा उपचार नपाएर बालकको २०७६ जेठ २६ गते मृत्यु भएको खबर नभेषले पाए। अनि उनी फेरि रौतहट पुगे। जीवन जोगाउन हिँडेका उनी चिहानको तस्बिर खिच्दै राजधानी फर्के।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!