हिपमत डटकम

शुक्रबार, आषाढ ०४, २०७८ || 628  पटक पढिएको

मोरङ । मोरङको पथरीशनिश्चरे र कानेपोखरीको स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ ।

आज बिहान साढे ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका १ सिनेमाहल छेउबाट सोही स्थानका ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाललाई पक्राउ गरिएको हो ।

प्रहरीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेशिन सहित पक्राउ गरेको छ । त्यस्तै हिजो राती साढे १० बजे सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाँउपालिका २ का ३१ बर्षीय हर्क बिष्ट र २७ बर्षीय योगेन्द्र निरौलालाई घरबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!