हिपमत डटकम

शुक्रबार, आषाढ ०४, २०७८ || 575  पटक पढिएको

उत्तरी मेसिडोनियाविरुद्ध आफ्नो देशलाई २–१ को जित दिलाएपछि युक्रेनका कप्तान आन्द्रे यार्मोलेन्को निकै खुसी देखिए । उनले आफ्नो खुसी दर्शाउने क्रममा पत्रकार सम्मेलनमा कोककोला र बियरको बोतल उठाए ।

पत्रकारहरुलाई उनले खेलपछि सोधे, ‘के म केही गर्नसक्छु ? रोनाल्डोले कोकाकोलाको बोतल हटाएको मैले भर्खरै देखेको छु । म कोकाकोलालाई यहाँ राख्छु । म हेनीकेन (बियर) लाई त्यसको ठिक अगाडि राख्छु ! मलाई सम्पर्क राख्नुहोला ! ’

वेस्टह्यामबाट व्यवसाहिक फुटबल खेल्ने ३१ वर्षीय स्ट्राइकरले यसरी खुसी मनाउँदै बियर र कोकाकोलालाई अगाडि राखे । यसअघि रोनाल्डोले कोकाकोलाको बोतल हटाउँदा कम्पनीको शेयर मुल्य नै ४ अर्ब डलरले झरेको थियो । त्यसपछि फ्रान्सका पाउल पोग्बाले पत्रकार सम्मेलनका क्रममा बियरको बोतल हटाएका थिए । त्यस्तै, इटलीका म्यानुअल लोकाटेल्लीले पनि कोकको साटो पानीको बोतल बोकेर हिंडेका थिए ।

प्रेरणादायी प्रदर्शन
पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध २–० ले पछि परेको अवस्था उल्ट्याउँदै खेल बराबरी गरेपनि अन्तिम यसमा गएर उनको टोली पराजित भएको थियो । उत्तरी मेसिडोनियाविरुद्ध २–१ को जितपछि अब युक्रेनको दोस्रो चरण पुग्ने ढोका खुलेको छ । युक्रेनलाई जित दिलाउने क्रममा कप्तान यार्मोलेन्कोले एक गोल गरे भने अर्को गोलका लागि पास पनि मिलाइदिए । अब, अन्तिम खेलमा अस्ट्रियालाई हराउन सके युक्रेनले दोस्रो चरणको यात्रा गर्नेछ । news source :- Ratopati

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!