हिपमत डटकम

बिहिबार, आषाढ ०३, २०७८ || 755  पटक पढिएको

उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ३ मोतिगढामा अटोमेटिक पेस्तोल सहित एकजना पक्राउ परेको छ । वर्ष ५० को पर्शुराम चौधरीलाई अटोमेटिक पेस्तोल सहित प्रहरीले गरेको हो ।

मोतिगढा स्थित आफ्नै घरमा बस्दै आएका चौधरीलाई बिशेष सुचनाको आधारमा बुधवार राती पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट अटोमेटिक मेड इन यू एस ए लेखिएको १ थान पेस्तोल र गोली ५ राउण्ड फेला पारेको थियो ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनकै कोठाबाट अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओबादी केन्द्र लेखिएको सदस्यता पत्र थान ३, अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र थान ८५ समेत फेला पारेको प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले बताए । पक्राउ परेका चौधरी उपर थप अनुसन्धान तथा कानुनि कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!