हिपमत डटकम

बिहिबार, आषाढ ०३, २०७८ || 728  पटक पढिएको

क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल हटाउँदै पानी पिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । रोनाल्डोले हंगेरीविरुद्धको खेलअघि यस्तो गरेका थिए । रोनाल्डो यस्ता सफ्ट ड्रिङ्क र जंक फुडबाट टाढै रहन चान्छन् । छोरा क्रिष्टियानो जुनियरले कोकाकोला र क्रिप्स् खाँदा पनि आफु हैरान हुने गरेको उनले यसअघि बताएका थिए । ‘कहिलेकाँही उसले कोक पिउँछ र क्रिप्स् पनि खान्छ । यसले मलाई हैरान बनाउँछ भन्ने पनि उसलाई थाहा छ’ रोनाल्डोले गत डिसेम्बरमा फुटबल इटालियासँग भनेका थिए ।

रोनाल्डोका छोरा युभेन्टस्को युथ एकेडेमीबाट खेल्छन् र उनले धेरै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । त्यहीकारण ११ वर्षका यी बालक बाबुको पदचाप पछ्याउँदै फुटबलमा लाग्ने अनुमान गरिएको छ । यद्यपी, रोनाल्डोले आफ्ना छोरालाई फुटबलर बन्न दबाब भने नदिने बताएका छन् ।

रोनाल्डोका चार छोराछोरीमध्ये क्रिष्ट्रियानो जेठा हुन् । त्यस्तै छोरी इभा र माटियो जुम्ल्याहा हुन् । यी तीनवटै सन्तानका आमाको परिचय गोप्य छ । जर्जिना रोड्रिग्वेजतर्फ रोनाल्डोकी एक छोरी छिन् । उनको नाम एलाना मार्टिना हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!