आइतबार, माघ २६, २०७६ || 828  पटक पढिएको

बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रमा रहेका टोल दिउँसो ‘सुनसान’ जस्तै देखिन्छन् । यो नेपाली नागरिक बस्ने टोल होइन । यो शरणार्थी शिविर भएको छ । म्यानमारबाट आएका रोहिङ्गा शरणार्थीका रूपमा यहाँ बस्दै आएका छन् ।शिविरमा दिउँसो तन्नेरी महिला–पुरुष नभई बालबालिका मात्र देखिन्छन् । शिविर आसपासका स्थानीयका अनुसार मजदुरी र ज्यालादारी गर्न बजार निस्किने गरेकाले दिउँसो शरणार्थी शिविर सुनसान हुने गरेका हुन् । रोहिङ्गा शरणार्थी शिविर छोडेर मजदुरी र ज्यालादारी गर्न थालेपछि व्यवस्थापनमा थप समस्या उब्जेको छ । बूढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्ष राजु अधिकारीले रोहिङ्गा दिनभर मजदुरी गरी राति सुत्नमात्र शिविर आउने भएकाले शान्तिसुरक्षा व्यवस्थापनमा चुनौती थपेको बताएका छन् । स्थानीय राजन केसी, हरिशचन्द्र श्रेष्ठ र रामसुन्दर अधिकारीलगायतका जग्गाधनीलाई शरणार्थीले कहिले जग्ग्गा छोड्लान र खेती गरौँला भन्ने जस्तै भएको उनले बताए । ‘‘शिविर भित्रबाट शान्ति सुरक्षा खल्बल्याउने किसिमका आपराधिक गतिविधि सञ्चालन हुन्छन् कि भन्ने चिन्ता पनि छ ।’’कतिपय शरणार्थी शिविर छोडेर अन्यत्रै जाने, आपसमा झैझगडा र स्थानीयसँंग विवाद गर्ने भएकाले सुरक्षाको दृष्टिकोणले व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । एकजनाको आठवटीसम्म श्रीमती फेला परेकाले थप रोहिङ्गा भित्रिन सक्ने चुनौती पनि त्यत्तिकै छ ।

त्यस्तै शिविरमा हुने अवैध र शङ्कास्पद गतिविधिको अनुगमन तथा निगरानी हुन नसक्दा भविष्यमा थप सङ्कट निम्तिनेमा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । वडाध्यक्ष अधिकारी रोहिङ्गाको गतिविधिबाट स्थानीयवासी आजित भइसकेको बताएका छन् । कुन दिन स्थानीय र शरणार्थीबीच झडप हुन्छ भन्ने चिन्ता छ । दलाललाई रकम उपलब्ध गराउनेदेखि राहत वितरणसम्म एकआपसमा विवाद हुने गरेको छ । कोही शिविर छोडेर भाग्न थालेका छन् । कोही शरणार्थी राहत र आश्रयको माग गर्दै विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था धाइरहेका छन् ।
गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!