एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका कारण कोकलाई ठूलो घाटा भएको छ । युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकका दुईवटा बोतल हटाएर पानीकाे बाेतल उठाएका थिए ।

उक्त भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनको त्यो व्यवहारले कोकलाई ठूलो घाटा लागेको छ । राेनाल्डाेकाे त्यो व्यवहारले कोकले आफ्नो शेयर भाउमा ४ अर्ब डलर घाटा बेहोर्नु परेको बताइएको छ ।

कोकको सेयर मुल्य ५६.१० बाट घटेर ५५.२ अमेरिकी डलरमा झरेको छ । जसले कम्पनीको बजार भाउ २ सय ४२ मिलियन डलर बाट २ सय ३८ बिलियन डलरमा झरेको बताइएको छ । मैदानमा मात्र होइन मैदान बाहिरका व्यवहारका कारण पनि रोनाल्डो चर्चामा रहने गरेका छन् ।

राेनाल्डाे स्वास्थको निकै ख्याल गर्छन् र उनी जंक फुड तथा कार्बोनेटेड सफ्ट ड्रिक्ंस्बाटै टाढै रहन्छन् । युरो कपका अधिकारी प्रायोजक मध्येको एक कोकाकोलाले रोनाल्डोको कदमको जवाफ दिँदै मंगलबार विज्ञप्ति नै जारी गरेको छ । जहाँ, लेखिएको छ, ‘फरक आवश्यकता र स्वादका आफूले चाहेको पेप पदार्थ पिउन जो कोही स्वतन्त्र छन् ।’

पेय पदार्थका बारेमा रोनाल्डोले बोलेको यो पहिलो पटक भने होइन । उनले यसअघि पनि आफूले छोरालाई पेय पदार्थबाट टाढा राख्ने कोशिस गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!