हिपमत डटकम

बिहिबार, आषाढ ०३, २०७८ || 599  पटक पढिएको

स्पेनिस डिफेन्डर सर्जियो रामोसले रियल म्याड्रिड छाड्ने भएका छन्।

स्पेनिस महारथी क्लब रियलले कप्तान रामोसका लागि विदाई पत्रकार सम्मेलनको घोषणा गरेसँगै रामोसले क्लब छाड्ने पक्का भएको हो।

३५ वर्षीय रामोसले रियलबाट पाँच ला लिगा र चार च्याम्पियन्स लिगको उपाधि जिते। उनी सन् २००५ मा सेभियाबाट रियलमा आबद्ध भएका थिए।

सेन्टर ब्याक रामोसले रियलबाट ६७१ खेल खेल्दा १०१ गोल गरेका थिए।

रामोस र रियलबीचको सम्झौता यहि जुनको अन्त्यबाट सकिँदैछ।

 

सन् २०१६ देखि २०१८ सम्ममा रियलले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा रामोसले टिमको कप्तानी गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!