हिपमत डटकम

बिहिबार, आषाढ ०३, २०७८ || 647  पटक पढिएको

युरो २०२० मा इटाली लगातार दोस्रो खेलमा विजयी भएको छ। इटालीले बिहीबार विहान सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-० गोलले पराजित गरेको हो।

इटालीको जितमा लोकाटेलीले दुई गोल गर्दा इमोबिलले एक गोल थपे।

लोकाटेलीले २६ र ५२ मिनेटमा गोल गरेका थिए। इमोबिलले ८९ मिनेटमा तेस्रो गोल गरे।

इटालीले समूह ‘ए’ मा लगातार दोस्रो खेलमा जित निकालेको हो। यसअघि इटालीले टर्कीलाई पनि ३-० गोलले नै हराएको थियो।

लगातार दोस्रो खेलमा जित निकालेसँगै इटाली अन्तिम १६ मा पुगेको छ। इटाली जारी युरो कपमा अन्तिम १६ मा पुग्ने पहिलो टिम पनि बन्यो।

 

यता समूह ‘ए’ कै खेलमा वेल्सले टर्कीलाई २-० गोलले पराजित गर्‍यो। वेल्सको जितमा रामसीले ४२ मिनेटमा पहिलो गोल गरे।

दोस्रो हाफको इन्जुरी टाइममा रोबर्टले वेल्सका लागि दोस्रो गोल गरे। वेल्सको यो पहिलो जित हो भने टर्कीको लगातार दोस्रो हार हो।

यसअघि वेल्स र स्विट्जरल्यान्डले बराबरी खेल्दै अंक बाडेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!