हिपमत डटकम

बुधबार, आषाढ ०२, २०७८ || 669  पटक पढिएको

काठमाडौं । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बुधबार अपरान्ह ४ बजे बस्न लागेको छ ।

गएरातिदेखि परिरहेको बाढी तथा पहिरोले मुलुकका विभिन्न जिल्लामा क्षति गरिरहेका वेला प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहने परिषद्को बैठक बस्न लागेको हो ।

बैठकमा हालको स्थितिबारे समीक्षा हुनेछ भने प्रतिकार्यको विषयमा पनि निर्णय हुने भनिएको छ ।प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत लगायत सदस्य रहन्छन् ।

बुधबार बिहान १० बजे विपद् जोखिम तथा व्यवस्थापन कार्यकारी समितिको बैठक गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बसिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!