हिपमत डटकम

बुधबार, आषाढ ०२, २०७८ || 330  पटक पढिएको

५० र ६० दशकका ब्यस्त कलाकार अभिनेता चन्द्र शेखर वैद्यको निधन भएको छ । ९८ वर्षका वैद्यका मुम्बईको अन्धेरीस्थित आफ्नै निवासमा बुधबार बिहान भएको हो । चन्द्र शेखरको निधनको पुष्टि उनका नाति विशाल शेखरले गरेका छन् । उनले मिडिया कुराकानीका क्रममा हजुरबुबाको निधन भएको बताएका हुन् । उनले भने– ‘हजुरबुबाको शान्त तरिकाले निधन भएको छ ।’

कुनै रोग नभएका चन्द्र शेखरमा निकै ज्वरो देखिएका कारण गत हप्ताको बिहीबार उनलाई जुहुस्थित क्रिटी केयर अस्पताल भर्ना गरिएको थियो । पछि एक दिनमै घरमा ल्याइएको थियो । नाजुक समयमा परिवारसँगै रहने इच्छा भएको कारण उनका छोरो अशोक शेखरले चन्द्र शेखरको लागि घरमै अस्पताल जस्तै ब्यवस्था गरिदिएका थिए ।

चन्द्र शेखरले ५० को दशकमा जुनियर कलाकारको रुपमा अभिनय करियर सुरु गरेका थिए । थुपै्र फिल्ममा जुनियरको कलाकारको रुपमा काम गरेपछि उनलाई हिरोको रुपमा अभिनय अवसर मिलेको थियो । हिरोको रुपमा पनि उनले कयौं फिल्म अभिनय गरेका छन् । ११० भन्दा बढी फिल्ममा काम गरेका उनले १९६४ मा आएको फिल्म ‘चा चा चा’ र १९६६ मा आएको फिल्म ‘स्ट्रीट सिंगर’ निर्देशन समेत गरेका थिए ।

रामानन्द सागरले बनाएको रामायणमा उनले राजा दशरथको महामन्त्री ‘आर्य सुमन्त’ को भूमिका निर्वाह गरेका थिए । यो भूमिकामा उनले निकै लोकप्रियता हासिल गरेका थिए । चन्द्र शेखर रामानन्द सागरका नजिकका मित्र समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!