हिपमत डटकम

मंगलबार, आषाढ ०१, २०७८ || 416  पटक पढिएको

काठमाडौं । चीनले अमेरिका निकट मुलुकको संगठन (नेटो)ले आफ्नो बदनाम गर्न खोजेको आरोप लगाएको छ । बेल्जियमको ब्रसेल्समा भएको नेटोका नेताहरुको बैठकले चीनलाई विश्वको खतरा रहेको बताएसँगै चीनले यस्तो जवाफ फर्काएको हो । नेटोका नेताहरुले चीनलाई एक ‘व्यवस्थागत चुनौती’ रहेको बताएका थिए ।

नेटोले चीनको परमाणु हतियार बढाउनेलगायतका सबै काम कानुनमा चल्ने अन्तर्राष्ट्रिय व्यवस्थाको लागि खतरा रहेको बताएका थिए । नेटोले पहिलोपटक चीनलाई आफ्नो एजेन्डाको केन्द्रमा राखेको हो ।

चीनले आफ्नो सुरक्षा नीति ‘रक्षात्मक प्रकृति’ को रहेको बताएको छ । साथै उसले नेटोसँग आफ्नो ऊर्जा छलफल अघि बढाउनका लागि खर्च गर्न आग्रह गरेको छ ।

युरोपेली संघमा चीनको मिसनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो रक्षा र सैन्य आधुनिकीकरण बढाउनु उचित, खुला र पारदर्शी छ ।’ विज्ञप्तिमा नेटोले चीनको विकासलाई तर्कसंगतरुपमा हेर्नुपर्ने बताएको छ । ‘गुटको राजनीतिमा हेरफेर गर्ने, द्वन्द्व सिर्जना गर्ने र भू–राजनीतिक प्रतिस्पर्धालाई बढावा दिन चीनको वैध स्वार्थ र अधिकारको बहाना नबनाइयोस्’, विज्ञप्तिमा भनिएको छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!