हिपमत डटकम

मंगलबार, आषाढ ०१, २०७८ || 469  पटक पढिएको

मनाङ । लगातारको वर्षापछि आएको बाढीले मनाङमा बेलिब्रिज र विद्युत्‌गृह बगाएको छ ।

सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह बगाएको हो ।

त्यस्तै नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ । मस्र्याङ्दीमा आएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो ।

घट्टेखोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको जिल्ला प्रहरी कार्यालय, मनाङका डीएसपी सुवास खड्काले जानकारी दिनुभयो ।

त्यस्तै सदरमुकाम चामेको ४ वटा घरमा पनि बाढीले क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!