हरिनगर । सुनसरीमा सिल गरिएको सिमानाकाबाट ठुलो परिणाममा अवैध खाद्यान्न लगायतका मालसामान तस्करी हुँदा पनि सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले अवैध रुपमा तस्करी गरी ल्याएको मालसामानहरु बरामद नगरेको जनस्तरबाट पटक पटक गुनासो आउने गरेको छ ।

सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले भने आरोप निराधार भन्दै पन्छीदै आएका छन् । तर सोमबार दिउँसो सुनसरीको भारतसँग जोडिएको नाका घुस्की सिमानाकाबाट चिनी, दाल, जिरा, खाने तेल, रजनिगन्धा, सागर दुग्ध लगायतको सामानहरु हरिनगराका एक ठूला व्यापारीका नामबाट परिचित लालु यादवको किराना पसल लगायत बविया, इनरुवा, लौकही आसपासका विभिन्न पसलहरुमा सामान पुग्नेको गरेको पाइएको छ ।

जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रहुँदै विगतदेखि नै प्रहरीकै संरक्षणमा तस्करी हुने गरेको पटकपटक गुनासो आउने गरेको छ । तर, यसबारे सम्बन्धित निकाय मौन बस्दै आएका गुनासो सुनिन्छ । हरिनगर प्रहरी चौकीका इन्चार्ज भुपेन्द्र ढुंगानाका अनुसार आफू सोमबार त्यस क्षेत्र नभएको अन्यत्रै खटिएकोले आफू यस विषयमा कुनै जानकारी नआएको बताए ।

यसरी दिनहुँ लाखौंको बराबर राजस्व चुहावट हुने गरेको छ भने तस्करी हुने क्रम नरोकिदाँ कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको सीमा सिल प्रभावकारी नभई चुनौती बढ्दै गएको दैखिन्छ । दैनिक रूपमा लाखौं मूल्य बराबरको विभिन्न सामान भारतबाट मोटरसाईकल, साइकल र पैदलमार्गबाट सुरक्षाकर्मीकै संरक्षणमा ल्याउने श्रोतले दावी गरेको छ ।

पटकपटक सुनसरीको सीमावर्ती क्षेत्रहरुमा लकडाउनको समयमा तस्करी हुने गरिएको बारे समाचार प्रकाशित भएपनि यसलाई रोक्न नेपाली प्रहरीले तदारुकता देखाएको पाइदैन । सिमानामा खटिएका प्रहरीले के गर्दैछ् ?, के तिनीहरु तस्करी भएको हेर्दैनन्, हेरे भने तत्कालै किन समातिदैन ? दोषी को ?,कोरोना महामारीका बखत भारतसँग सीमा जोडिएको सीमावर्ती क्षेत्रहरूबाट अवैध रूपमा हुँदै आएको तस्करी नियन्त्रणमा अहिले चासो र गम्भीर भएन भने राजस्व असुलीमा थप कमि आउने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!