विश्व रक्तदाता दिवसको अबसरमा विधार्थी  जनमत  संघ  सुखिपुर सिरहाद्वारा आयोजित रक्तदान  कार्यक्रम सम्पन्न भएको छ ।

अहिले लकडाउनका कारण रगतको चरम अभावले बिरामीलाई एकदमै समस्या हुँदा रक्तदान कार्यक्रम सञ्चालनमा ल्याएको थियो । सुखिपुर उधोग व्यापार संघ सुखिपुरको प्रागणमा गरिएको रक्तदान  कार्यक्रम जम्मा ३८ रक्तदाताले रक्तदान गरेको हो ।

उक्त रक्तदान कार्यक्रममा युवा ,विधार्थी,व्यापारी र विधार्थी नेताहरुको सभागीता रहेको थियो ।  लाहान रेड क्रसलाई जम्मा ३८ पोका रगत दिएको नवरतन साहले बताए ।

शाहले भने, हामीहरुले रक्तदान गरेकै कारणले पनि एउटा आमाबुवाले आफ्ना बच्चा फिर्ता पाँउदछन्, एउटा परिवारले आफ्नो प्रिय सदस्यको जीवन पाँउदछ र समाजले अकालमै कोही सदस्य गुमाँउन नपर्ने वातावरण हुन्छ साथै रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै हानी गर्दैन र एकहिसाबको ताजगी र आत्मसन्तुष्टि प्रदान गर्दछ । कसैको ज्यान जोगाउन डाक्टरनै हुनपर्दछ भन्ने पनि त छैन, रक्तदाताहरु वास्तवमै भगवान प्रतिरुपहरु हुन् ।

विधार्थी जनमत संघको केन्द्रीय सदस्य नवरतन साह अध्यक्षतामा कार्यक्रम भएको थियो । अन्य विधार्थी नेता सुरज साह,चन्दन साह उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!