काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा लगाएको कोटा प्रणाली हटाएको छ । सोमबार एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले यसअघिको बैशाख १९ र जेठ १० को निर्णय खारेज गर्दै निषेधाज्ञामा वित्तीय कार्यालयहरु खोल्न पाउने कोटा हटाइएको जनाएको हो ।

योसँगै अब सबै वर्ग बैंक तथा वित्तीय संस्थाले ग्राहकको चापलाई हेरी आवश्यकता अनुसार आफ्ना केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरु खोल्न पाउने भएका छन् ।

यद्यपि, कोभिड–१९ को तिब्र संक्रमणको जोखिमलाई हेरेर सकेसम्म कार्यालय नखोल्न र वर्क फर्म होम गर्न सुल्झाएको छ । यस्तो अवस्थामा सकेसम्म डिजिटल प्रविधिको प्रयोग गर्न समेत राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।

यसअघि बैंकले निषेधाज्ञाको अवधिमा सीमित शाखाहरु मात्र खोलेर कुल कर्मचारीको एक चौथाई कर्मचारीबाट मात्र वित्तीय सेवा प्रवाह गर्न सबै बैंक तथा वित्तीय संघ संस्थाहरुलाई भनेको थियो ।a

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!