हिपमत डटकम

सोमबार, जेठ ३१, २०७८ || 696  पटक पढिएको
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दलालहरू हिरो, देशभक्तहरू भिलियन ! भन्दै आफ्नो आक्रोश व्यक्त गरेका छन् । उनले परिवर्तनका लागि अर्काे पुस्ता लड्नु नपरोस् भनेर आक्रोश व्यक्त गरेका हुन् ।

सोमवार ट्विटर मार्फत आफ्नो आक्रोश पोख्दै डा. भट्टराईले प्रतिक्रान्तिकारीहरू सत्तामा र क्रान्तिकारीहरू सडकमा हुनु विडम्बना भएको गुनासो गरे ।

उनले आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध, जनआन्दोलन, मधेश विद्रोहको बलमा संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु नै रहेको जनाएका छन् ।

डा. भट्टराईले लेखेका छन्, ‘आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध÷जनआन्दोलन÷मधेश विद्रोहको बलमा संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु नै हो । तर विडम्बनाः प्रतिक्रान्तिकारीहरू सत्तामा, क्रान्तिकारीहरू सडकमा ! दलालहरू हिरो, देशभक्तहरू भिलियन ! सावधानः अर्को पुस्ता लड्न नपरोस् !’

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!